Ads Area

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने ? जानी राखौ

 मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।



खान नहुने (बेफाइदा गर्ने)


१ पालुङ्गो साग

२ टमाटर

३ अमला


४ काजु

५ काँक्रो

६ काउली


७ फर्सी

८ च्याउ

९ भण्टा


खान हुने (फाइदा गर्ने)


१ नरीवलको पानी

२ मकै

३ जौ


४ भूइकटहरको जूस

५ केरा

६ कागति बदाम


७ कागति

८ गाजर

९ चना

१० करेला

११ गहतको दाल


लक्षण


१. ढाड पछाडि दुख्नु,


२. लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र अत्याधिक हुने दुखाइ।




३. पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,


४. पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनु,


५. हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।


६. बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन् ।

Ads Area