धनगढी :
जिल्ला अदालत अछामले करणीको झूटो आरोप लगाउने एक युवतीलाई जेल सजाय सुनाएको छ। अदालतले सहमतिमै यौ’न सम्बन्ध राखेर करणी गरेको भन्दै उजुरी दिएकी किशोरीलाई जेल सजाय सुनाएको हो।
करणीको झूटो आरोप मुद्दामा जिल्लाको कमल बजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई साढे तीन वर्षको कैद सजाय तोकिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले यस्तो फैसला सुनाएको हो।
गत माघ १५ गते आफूलाई करणी गरेको भन्दै १७ गते युवतीले प्रहरीसमक्ष उजुरी दिएकी थिइन्।
‘फोनमार्फत कुरा हुने गरेको थियो। प्रेम भएपछि युवक घरमा बिहेको प्रस्ताव लिएर आए। घरमा आमासँग विवाहको कुराकानी गरे। युवक राति त्यहीँ घरमा बसे।’ किशोरीले बयानका क्रममा भनेकी थिइन्। उनले युवक भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति कर णी गरेको आरोप लगाएकी थिइन्। तर, युवकले करणी नभएर सहमतिमा यौ‘न सम्पर्क भएको बयान दिएका थिए। तर पुरूषले युवतीले राति खाटबाट युवतीसँगै सुत्न आएको र पछि सहमतिमा यौ‘न सम्पर्क भएको बयान दिएका थिए।
विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए। युवकले आफन्तको निधन भएका कारण विवाह नगरी फर्किएको बताएका थिए। सुरूमा कर णी आरोप लगाउने किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन्।
सहमतिमा भएको यौ’ ‘नसम्पर्कलाई करणी मान्न नसकिने अदालतको ठहर छ। किशोरीको उजुरीपछि कर णी आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय युवकले सफाइ पाएका छन्।
