मा’दक पदार्थ से’वन गरी वेहुला मा’तेपछि बारामा विवाह नै र’द्द भएको छ । कलैया उपमहानगरपालिका–१० मटिअर्वाका २२ वर्षीय प्रेमचन्द मण्डल र वीरगन्ज महानगरपालिका–२७ घुर्मी टोलकी किशोरी बीच विवाहको तयारी भएको थियो ।
तर जन्ती जाँदा साथीहरुले बेहुलालाई मा’दक पदार्थमा नशा’लुपदार्थ मिसाएर खुवाइदिएपछि विवाह नै र’द्द भएको छ । फागुन १० गते भएको यो घट्ना अहिले सार्व’जनिक भएको हो । वुधवार साँझ बेलुका बेहुलासहितको टोली विवाहका लागि बेहुलीको घरमा पुगेपछि त’नावपूर्ण स्थिति सिर्जना भएको थियो।
वेहुला न’शाले मा’त्तिएको देखेपछि बेहुली पक्षले विवाह नै र’द्द गर्ने निर्णय गरेको स्थानीयले वताए । बेहुला सजिएर जाँदा कसैले पनि उनले नशा’लुपदार्थ से’वन गरेको सुईंको पाएका थिएनन् । तर बेहुलीको घरसम्म पुग्दा उनी नशाले रन्थ’निएर अ’नियिन्त्रित हुने अवस्थामा पुगिसकेका थिए ।
न’शाको सुरमा त’थानाम गा’ली गर्नुका साथै ¥याल का’ट्दै मा’तिएको देखेपछि बेहुली पक्षले कुनै पनि हालतमा विवाह नगर्ने अड्डी कसेको उनीहरु वताउँछन् । बेहुली पक्षले जन्तीमा गएकाहरुको सत्कार गरेर राति नै फिर्ता गरे पनि बेहुला, उनका परिवार र नजिकका आफन्त र उनीहरु चढेर गएको गाडीलाई निय’न्त्रणमा लिएर राखेका थिए ।
बेहुली पक्षले आफूले विवहाका लागि दिएको दाइजोसहितको खर्च नै फिर्ता मागेपछि बेहुला पक्ष रनभुल्लमा परे । भोलिपल्ट दिउँसो साढे ५ लाख बेहुली पक्षलाई नबुझाएसम्म बेहुलासहित उनको परिवारलाई नि’यन्त्रणमै राखिएको थियो ।
मटिअर्वाका वडाध्यक्ष मोहम्मद साबिर मियाँ ठकुराई भोलिपल्ट वि’वाद मिलाउन पुगेका थिए । उनले बेहुली पक्षलाई आफ्नै नामको साढे ४ लाखको चेक र एक लाख नगद दिएपछि भने निय’न्त्रणमा परेकाहरु मु’क्त भएको जनाईएको छ ।
विवाहका लागि बेहुली पक्षले साढे ५ लाख नगद दाइजो दिएका थिए । नगद, विवाहमा सट्टापट्टा गरिएको बाजा, गाडी, भोजभतेर, गहना, लुगाफाटो सबै गरेर झन्डै १० लाख बेहुला पक्षले खर्चेको थियो । तर विवाह र’द्द भएपछि उक्त खर्चिएको रकम तिर्न बेहुलाका बाबु शर्मा मण्डलले खेतबारी बेच्नु परिरहेको वडाध्यक्ष ठकुराईले जानकारी दिए।

