Ads Area

मलेसियाको Jinko Solar ले बढायो कामदारको न्युनतम तलब, हेर्नुस् कति पुग्यो ?

 


क्वालालम्पुर : मलेसियाको प्रतिष्ठित कम्पनी Jinko Solar कम्पनीले न्युनतम तलब वृद्धि गर्ने भएको छ ।

मलेसियाको jinko solar ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।



मलेसियाको Jinko Solar ले हाल कामदारलाई १३ सय रिङ्गेट दिएकोमा अब भने सो रकममा वृद्धि गरेर कम्तिमा पनि RM 15 सय पुराउने अनुमान गरिएको छ ।

मलेसिया सरकारले सबै कम्पनीलाई बिदेशी कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM 14 सय बनाउन भनेको छ ।

मलेसिया सरकारले सन 2022 को अन्तसम्ममा सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको छ भने रोजगारदाता कम्पनीले सो को बिरोध गर्दै आएका भए पनि केही राम्रा कम्पनीले सरकारले तोकेको तलब दिन सुरु गरेका छन् ।



Jinko Solar को न्युनतम तलब वृद्धिले मलेसियामा रहेका नेपालीहरुलाई राहत दिइएको छ भने मलेसियाको उक्त कम्पनीले हालका दिनमा नेपाली कामदारको माग समेत गरेको छ ।नेपालको केही मेनपावर कम्पनीमा Jinko Solar को मागपत्र प्रमाणिकिकरण भएको बुझिएको छ ।

तर कम्पनीले आधिकारिक रुपमा लेटर जारी नगरे सम्म स्रोतबाट आएको सुचनालाई आधिकारिक भने मान्न सकिन्न ।

Ads Area