विराटनगर :
सुनसरीको इटहरीमा बम वि’ष्फो’ट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा ब म वि”ट भएको हो । वि ष्फो टमा परी दुई जना घाइत भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार ब’ म वि’ष्फो’टमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । गुरूङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए।
कोठाभित्र झोलामा रहेको सुतली ब म बि’ष्फो’ट भएको प्रहरीको अनुमान छ। घाइते थापाको आँखामा चो’ट छ।
थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
घटना भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषदको पर्चा ब’रा’म’द गरेको छ।
हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र यु’ ‘द्धको घोषणा गरेको संगठन हो। जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र यु’ ‘द्धको घोषणा गरेको थियो।
संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग यो सङ्गठनले राखेको छ।
