Ads Area

को हुन् सामाजिक संजालमा भाइरल व्यक्ति ? जसले विद्यालयको जमिनको गेटमा घुँडा टेकेर ढोगे

 


सराई,

पाल्पास्थित दिव्यज्योति माविको प्रवेशद्वारबाहिर घुँडा टेकेर एक व्यक्ति जमिन ढोग्दैछन्। त्यो तस्बिर थियो, सोही विद्यालयका प्राचार्य नारायण अधिकारी (६०) को। विद्यालयमा ३४ वर्ष बिताएपछि उमेरहदका कारण शुक्रबार उनी सेवानिवृत्त भए।



अधिकारीको यो तस्विर अहिले सामाजिक संजाल फेसबुकमा छ्यापछ्याप्ती छ । अधिकारीको यहि तस्विर राखेर पूर्व सचिव भीम उपाध्यायले एउटा क्याप्सन लेखेका छन् ।



पाल्पाको दिब्यज्योति माध्यमिक विद्यालयका शिक्षक नारायण अधिकारीले आफू अवकाश भएको अन्तिम दिन कर्मथलोलाई यसरी ढोग गर्दै बिदा भएका छन्। उपाध्याले पोष्ट गरेको यो तस्विरसहितको क्याप्सनमा ३ हजार पाँच सयले लाईक, १५९ जनाले कमेन्ट तथा ३२ जनाले शेयर गरेका छन् ।


उसो त भीम उपाध्याय भन्दा अगाडि पनि धेरैले यो तस्विर शेयर गरेका छन् । लामो समय आफूले सेवा गरेको विद्यालयबाट अवकाश पाएर विदा हुनुपर्दा भावुक भएका प्राचार्य अधिकारीले विद्यालयको गेट बाट अन्तिम पटक जमिनमा घुडा टेकेर ढोग गर्दैै विदा भएका हुन्।



३४ वर्ष पढाएको विद्यालयबाट ढोगेर बिदा भएको हुँ,’ अधिकारीले भने, ‘छुट्टिँदाको अनुभव त अलि नमिठो नमिठो हुँदो रहेछ। त्यो दिन म भावुक भएँ तर सामान्यस्तरको विद्यालयलाई सुधारेर अहिलेको अवस्थामा पुर्याएकोमा म खुसी र सन्तुष्ट छु।



Ads Area