Ads Area

ऋतिक रोशन र सबा विवाह बन्धनमा बाधिँदै

 

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन विवाह गर्ने तयारीमा छन्। उनले आफ्नी प्रेमिका सबा आजादसँग विवाह गर्न लागेका हुन्। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरू नोभेम्बरमा विवाह गर्दैछन्।

हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन्। पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन्।

ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि उनीहरूले भेट्ने निर्णय गरेका थिए।

अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए। उनीहरूको दुई छोरा छन्।

सम्बन्धविच्छेद गरे पनि ऋतिक र सुजेन छोराहरूका कारण भेटघाट गरिरहन्छन्। सुजेनले छोराहरुको कारण आमाबुवालाई सम्झौता गर्नुपरेको बताएकी थिइन्।

‘हामी लामो समयदेखिका साथी हौं। जब हामी साथमा थियौं अहिले जतिको पनि गफ गर्दैनथ्यौं। तर अहिले जति गफ हुन्छ हामी छोराछोरीको भविष्यप्रति नै प्रतिवद्ध भएका हुन्छौँ,’ उनले भनेकी थिइन्।

Ads Area