काठमाडौं / हामीमध्ये धेरैले आँखा फरफराएको अनुभव गरिरहेका हुन्छौँ । कतिले त आँखा फरफराउनुलाई भाग्य वा अवसर भन्दै सबैले आ-आफ्नै तरिकाले पनि व्याख्या गरिरहेका छन् ।
तर. स्वास्थ्यका दृष्टिकोणले आँखा फरफराउनु भनेको के हो त ? किन फरफराउँछ आँखा ? वास्तवमा आँखा फरफराउनु भनेको परेला छिटोछिटो गतिमा चल्नु वा फरफर गर्नु हो । कहिलेकाहीँ मानिसको आँखा दिनभर निरन्तर रुपले पनि फरफराउने गरेको पाइन्छ ।
आँखारोग विशेषज्ञ डा. प्रेरणा कंसाकारका अनुसार आँखा फरफराउनुका मुख्य कारणहरू तनाव र सुख्खापन नै हो । आँखामा कुनैपनि एलर्जी भएमा पनि आँखा फरफराउने गर्छ । त्यस्तै, आँखालाई बढी तनाव हुने काम भएमा अथवा तनाव लिएर कुनै काम गरिरहेका समयमा पनि त्यसको प्रचिक्रियास्वरूप आँखा फरफराउने गर्छ ।
त्यसबाहेक सुख्खापन पनि आँखा फरफराउने अर्को मुख्य कारण हो जसमा विभिन्न बानी, व्यवहारका कुरा जोडिएका हुन्छन् । जस्तै, चिया, कफी बढी पिउने, म’दि’रा से’व’न बढी गर्ने मानिसहरूमा आँखा सुख्खा हुने समस्या देखिन्छ र यसले अन्य असरसँगै आँखा फरफराइरहने हुनसक्छ ।
आँखा सुख्खा हुनुमा कम्प्युटर वा स्क्रिनमा धेरै कन्ट्याक हुनु,ठण्डी वा सुखा मौसमको कारण आँखा सुख्खा हुनु, प्रशस्त निन्द्रा नपुग्नु र आँखालाई आरामको मात्रा कम हुनु, कन्ट्याक लेन्सको प्रयोग गर्नु र एलर्जीविरुद्धको औषधिहरू बढी प्रयोग गर्नु पनि हुनसक्छन् ।
विशेषगरी दैनिक जीवनमा आइपर्ने त’नाव कम गर्नु, बेला बेलामा आँखालाई पुग्नेगरी आराम दिनु, बेलाबेलामा सफा अनि चिसो पानीले आँखालाई धोइरहनु नै यस्ता समस्याबाट बच्ने मुख्य उपाय भएको डा. कंसाकारको सुझाव रहेको छ ।

