Ads Area

अब घरबाटै यसरी सजिलै बनाउनुहोस राष्ट्रिय परिचयपत्र : हट्यो झमेला , छायो खुसियाली !

 


काठमाडौं 

राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

ई-पासपोर्टका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र अब क्रमशः अन्य सेवामा समेत अनिवार्य गरिँदैछ । यस्तोमा तपाईंले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नुभएको छ र राष्ट्रिय परिचयपत्र नम्बर पाउनुभएको छैन भने त्यसका लागि एसएमएस सेवा लिन सक्नुहुन्छ ।

यस अन्तर्गत मोबाइलको म्यासेज बक्समा गई N १६ अङ्कको आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्नेछ । उदाहरणका लागि कसैको आवेदन नम्बर 1234567891234567 छ भने N 1234567891234567 टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्ने हुन्छ ।म्यासेज गरे पश्चात पनि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नभएमा विभागले ह्वाट्सएपमार्फत सम्पर्क गर्ने व्यवस्था समेत मिलाएको छ । त्यसका लागि ह्वाट्सएपमा गएर बागमती र गण्डकी प्रदेशका नागरिकले ९८५१३१६०३४ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेजको रेस्पोन्सको स्क्रिन शट लिएर पठाउनु पर्नेछ ।

यो पनि : राष्ट्रिय परिचयपत्रको आवेदन संकलन तथा वितरण सेवा स्थानीय तहबाट पनि सुरु भएको छ । सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यलयहरूमा भिड अत्याधिक मात्रामा बढेकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौं जिल्लाका स्थानीय तहमा छुट्टै वितरण केन्द्र स्थापना गरेको हो । विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले सेवाग्राहीकाे सहजताका लागि स्थानीय तहबाट पनि वितरण सुरु गरिएको बताए ।

हाल काठमाडौंको गोकर्णेश्वर, कागेश्वरी, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकाबाट यो सेवा सुरु भएको र आउने दिनमा जनताको माग अनुसार जिल्ला बाहिर पनि वितरण केन्द्रहरू स्थापना गरिने ढकालले बताए **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विभागले चाँडै नै राष्ट्रिय परिचयपत्रको कार्ड नै वितरण गर्ने गरी तयारी थाल्दैछ । हाल परीक्षणको अन्तिम चरणमा रहेको यो कार्ड पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई वितरण गर्ने विभागकाे याेजना छ ।

Ads Area