Ads Area

ललितपुर र अन्य यी ठाउँहरुमा १४, १२ वर्षीया र १६ महिने बालिका बालिका बलात्कृत, युवकहरु पक्राउ



 ललितपुर :

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृ’त भएकी छन् । ती बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै पाल्पामा १२ वर्षीया बालिका करणी भएकी छन् ।

ती बालिकालाई कर’ ‘णी गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोभानबाट ख’टि’एको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै कैलालीमा १६ महिने बालिका करणी ग’रेको आरोपमा एक युवक पक्राउ परेका छन्। टिकापुर नगरपालिकाकी १६ महिने बालिका कर’ णीको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ

पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो। बालिकाको स्वा’स्थ्य प’रीक्षणका गरिएको छ। साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Ads Area