Ads Area

धनुषामा मोटरसाइकल दुर्घटना हुदा ४ बालकको मृत्यु, एक घाइते

 


काठमाडौं  ।

धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।



आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए । उनका अनुसार दुर्घटनामा घाइते सबैलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइयो ।

तर अस्पतालले चार जनालाई मृत घोषणा गरिसकेको छ । दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।



यो पनि, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ ।

केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र सबैभन्दा बढी र नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

Ads Area