Ads Area

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी उर्लाबारीका एक युवाको मृत्यु



 मोरङको उर्लाबारीका एक युवाको सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गको सिन्धुली–गाइघाट सडकखण्ड अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा प्र १–०२०४४ प ५००९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उर्लाबारी–७ का २२ वर्षीय अभिशेक भट्टराईको मृत्यु भएको हो ।

भट्टराई आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई उद्दार गरी उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Ads Area