Ads Area

सरकारी जागिर खाने हो ? नेपाली सेनाले माग्यो पाइलटसहित दुई सय कर्मचारी



 काठमाडौँ – नेपाली सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको छ।लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ भने चार जना प्राड उपसेनानी माग भएको हो। यस्तै चार जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ।

समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै आज आवेदन खुला गरेको हो।आजदेखि ०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर भने एक हजार रूपैयाँ लाग्नेछ।



उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

Ads Area